×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गायक लामाले ल्याए ‘नलाउँ भन्छु माया’ (भिडियोसहित)

गायक लामाले ल्याए ‘नलाउँ भन्छु माया’ (भिडियोसहित)

काठमाडौं- पप गायक विजय लामाले आफ्नो नयाँ गीत ‘नलाउँ भन्छु माया’को भिडियो सार्वजनिक गरेका छन् । गीतकार, गायक तथा संगीतकार सञ्जिव पुडासैनीको शब्द सृजना तथा संगीतमा तयार भएको सार्वजनिक भिडियोमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । जसमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय देख्न सकिन्छ । 

शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको गीतमा किशान श्रेष्ठको मिक्स एण्ड मास्टरिङ छ । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोको सुटिङ नगरकोटमा गरिएको हो ।

गायक लामाका तोङ्बाको तातो पानी, नखानु पानी तोङ्बाको, ए कान्छी तिमीलाई, भोलि फर्की आउँछु आउँदिनलगायतका गीतहरुले राम्रो चर्चा कमाएका छन् । भिडियो उनको आफ्नै युट्युब च्यानल विजय लामा अफिसियलबाट बजारमा ल्याइएको हो ।

 

प्रतिकृया दिनुहोस्