×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

बुद्धभूमि हाइड्रोको आइपीओ भोलि बाँडफाँट हुने

बुद्धभूमि हाइड्रोको आइपीओ भोलि बाँडफाँट हुने

काठमाडौँ- बुद्धभूमि नेपाल हाइड्रो पावरको आइपीओ भोलि (शुक्रवार) बाँडफाँट हुने भएको छ । असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको आइपीओ भोलि बाँडफाँट हुने भएको हो । कम्पनीले ८ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले आइपीओ बाँडफाँट गर्न लागेको जनाएको छ । कम्पनीको आइपीओमा २ करोड ६५ खाल ३१ हजार ४० कित्ता सेयर खरिदका लागि २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका छन् । जुन ३५.५५ गुणा बढी हो ।

प्रतिकृया दिनुहोस्