काठमाडौं- बारामा एकै परिवारका तीन जना मृत फेला परेका छन्।सौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत फेला परेका हुन।घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।