चुतवन - चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम आर्थिक संकटका कारण रोकिएको धुर्मस–सुन्तली फाउण्डेशनले जनाएको छ । निर्माण पक्ष धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार साउन १५ गतेदेखि रंगशाला निर्माणको काम रोकिएको हो । आर्थिक रिण भार बढ्दै गएको र सरकारले पनि सहयोग नगरेको कारण आर्थिक संकटमा परेको बताएका छन। उधारो आर्थिक व्ययभार बढ्दै गएको तथा केन्द्रीय सरकारबाट आर्थिक सहयोग नभएकाले निर्माणको काम रोकिएको उनले बताए । फाउन्डेसनका अध्यक्ष कट्टेलले भने, जनता बाट पैसा उठ्ने संभावना छैन , सरकारले दिदैन , चरम आर्थिक संकटबाट गुज्रिएपछि काम रोक्यौ। त्यस्तै महायज्ञमा कबुल गरेका डोनरले पनि पैसा नदिएको बताएका छन।