काठमाडौं - सामुहिक समृद्धिका लागी सामुहिक लगानीलाई प्राथमिकतामा राख्दै स्थापना भएको भिजन लुम्बिनी लिमिटेडले बिबिध कार्यक्रम गरि बार्षिकउत्सव मनाउने भएको छ । कम्पनीका अध्यक्ष जगत बहादुर पोखरेल ले दिएको जानकारी अनुसार कम्पनीले स्थापनाको नबौँ उत्सवको अवसर पारेर यहि जेठ ९ गते बुटवलमा रहेको नन्दिनी गौशालामा सहयोग गर्नुका साथै सोही दिन रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रत्तदान कार्यक्रम गर्ने भएको हो ।
बिभिन्न क्षेत्रमा लामो अनुभव भएका महानुभावहरु सदस्य रहेको कम्पनीले समयको माग र आबश्यकता अनुसार शिक्षा,स्वस्थ्य,कुषि,अर्थ तथा वित्त,पर्यटन,व्यापार व्यावसाय,सञ्चार र जलबिद्युत तथा उर्जा क्षेत्रमा लगानी गर्दै आएको छ । व्यवसायिक क्षेत्रमा छोटो समयमै राम्रो फड्को मारेको कम्पनीले बार्षिक उत्सवको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत गौशालामा सहयोग तथा रत्तदान कार्यक्रम गर्न लागेको हो ।