×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय बाेरिक निर्वाचित

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय बाेरिक निर्वाचित

काठमाडौँ- दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । सीएनएनकाअनुसार बोरिकले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका हुन् ।

हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएका छन् भने कास्तले ४४ प्रतिशत मात्रै मत पाए । बोरिकले आफू गम्भीर चुनौतीको सामना गर्न तयार रहेको बताएको समाचारमा उल्लेख गरिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेतासमेत हुन् । उनले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थन गरेका थिए । चिलीमा सरकारविरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपति पदको चुनाव भएको हो । बोरिकले असमानता अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्