×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बागमतीमा १० मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय ?

बागमतीमा १० मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय ?

काठमाडौं- बागमती प्रदेशमा थप मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार (आज) ६ मन्त्रीसहित ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएकी हुन् । शपथ ग्रहण गर्ने मन्त्रीहरुमा आर्थिक मामिला तथा योजानामन्त्री रचना खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्री अजयक्रान्ति शाक्य, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्री विवेक सुवेदी, स्वास्थ्यमन्त्री प्रदीप कटुवाल, भूमि व्यवस्था तथा सहकारीमन्त्री चन्द्र लामा रहेका छन् ।

यसैगरी जीवन खड्काले भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दा भूमि व्यवस्था तथा कृषि तथा सहकारी राज्यमन्त्रीमा बद्री मैनाली आएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सोती वाटी बन्दा सामाजिक विकास राज्यमन्त्रीमा जुनेली श्रेष्ठ बनेकी छन् ।

मुख्यमन्त्री शाक्य नेतृत्वको प्रदेश सरकार एमाले विभाजनसँगै अल्पतमा परेको छ । यसपछि उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा नगएका सांसदलाई मन्त्री बनाएकी हुन् । बागमतीमा अहिले एमालेका ४३ सांसद छन् । पार्टी विभाजनपछि नेपाल नेतृत्वको पक्षमा १३ सांसदले सनाखत गरेका छन् । बागमतीमा यसअघि एमाले एक्लैको बहुमत रहेको थियो । प्रदेश सभामा बहुमतका लागि मुख्यमन्त्री शाक्यलाई ५५ सांसद आवश्यक हुन्छ । १३ सांसदले एमाले छोडेसँगै प्रदेश सभामा विपक्षी गठबन्धनको पक्षमा बहुमत पुगेको हो ।

 

प्रतिकृया दिनुहोस्