×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

मेस्सी र नेइमारबिना पीएसजीको जित, एम्बाप्पेले गरे निर्णायक गोल

मेस्सी र नेइमारबिना पीएसजीको जित, एम्बाप्पेले गरे निर्णायक गोल

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी)ले एन्जर्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले किलियन एम्बाप्पेको पेनाल्टीको सहयोगमा एन्जर्समाथि २-१ गोल अन्तरले विजयी भएको हो ।

आफ्ना महत्त्वपूर्ण खेलाडीहरू लियोनेल मेस्सी, नेइमारबिना खेलेको पीएसजीका लागि डानिलो पेरेइरा र किलियन एम्बाप्पेले एक/एक गोल गरेका थिए । त्यस्तै एन्जर्सका लागि एन्गेलो फुलगिनीले एक गोल गरेका थिए ।

एन्जर्सले खेलको ३६औँ मिनेटमा गोल गर्दै अग्रता लिएकोमा पीएसजीले खेलको ६९औँ मिनेटमा बराबरी गोल गरेको थियो । त्यसपछि पीएसजीले पाएको पेनाल्टीलाई एम्बाप्पेले खेलको ८७औँ मिनेटमा गोल गर्दै पीएसजीलाई जिताएका थिए ।

यो जितपछि फ्रेन्च लिग वानमा पीएसजी १० खेलमा २७ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । त्यस्तै एन्जर्स भने १० खेलमा १६ अङ्कका साथ लिगमा चौथो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्