×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

झापाका ९ वटा विद्यालयलाई एनएमबि बैंकको सहयोग

झापाका ९ वटा विद्यालयलाई एनएमबि बैंकको सहयोग

काठमाडौं-एनएमबि बैंक लिमिटेडले झापाका ९ वटा सामुदायिक विद्यालयहरुलाई डस्टबिन सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापाको धुलाबारी क्षेत्रका ९ वटा सामुदायिक विद्यालयहरुलाई १०० वटा डस्टबिन सहयोग गरिएको बैंकले जनाएको छ ।

समुदायिक विद्याालयको सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनमा बानी बसाल्ने उदेश्यका साथ डस्टबिन सहयोग गरिएको बैंकको भनाइ छ । उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्त संस्थाले सहजीकरण गरेको थियो ।

डस्टबिन हस्तान्तरण कार्यक्रममा बैंकका क्षेत्रीय प्रमुख नरेन्द सुवेदी, सिनियर बिजनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्