एजेन्सी- थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो ।
सुन्दा नाटकीय लाग्ने सो घटनामा फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मान एउटा माछा ती व्यक्तिको मुखभित्र पसेको थाइ सञ्चार माध्यमहरूले जनाएका छन् । माछा भित्र पसेपछि उनी निसासिएका थिए ।