अछाम- नेकपा एमालेका नेता भीम रावलको नगरपालिमा एमाले पराजित भएको छ। यसअघि एमालेले जितेको साँफेबगर नगरपालिकामा यसपटक मेयरमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।
भर्खरै सम्पन्न अन्तिम मतपरिणामअनुसार साँफेबगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजेन्द्र बहादुर कुँवर र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिलोज कुँवर विजयी भएका छन्।
उक्त नगरपालिकामा नेपाली कांग्रेस र समाजवादी तथा एमाले र माओवादीबीच गठबन्धन बनेको थियो।
जम्मा १४ वडामध्ये एमाले ३ मा सिमित रह्यो। ९ वडामा कांग्रेस विजयी हुँदा दुई वडामा स्वतन्त्र उम्मेदवार विजयी भए। स्वतन्त्र उम्मेदवार एमाले र कांग्रेसका बागी हुन्।
मतगणना सकिए पनि निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ। दुई वटा संघीय निर्वाचन क्षेत्र रहेको अछाममा रावलको क्षेत्र नम्बर १ हो। क्षेत्र नम्बर १ मा पाँच वटा पालिकामा एमाले ‘क्लिन स्वीप’ भएको छ। एक पालिकामा कांग्रेस-माओवादीको गठबन्धनबाट माओवादीका अध्यक्षबाहेक चार पालिकामा कांग्रेसले जितेको छ।
क्षेत्र नम्बर २ का पाँच पालिकामध्ये दुई मा एमालेले जितेको छ भने बाँकी तीनमा काग्रेस विजयी भएको छ।