×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारले बढायो इन्धनको मूल्य

सरकारले बढायो इन्धनको मूल्य

काठमाडौं - सरकारले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँका दरले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । यसैगरी, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ । निगमका अनुसार बढेको मूल्य बिहीबार बिहान १ बजेदेखि नै लागू हुने छ ।

आयल निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढाउने निर्णय गरेको हो । भारतीय आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारबाट ल्याउनेक्रममा नै लागत खर्च लगायतको भाउ बढेकाले स्वचालित प्रणाली अनुसार मुल्य केही बढाएर समायोजन गरिएको जनाएको छ ।

निगमले काठमाडौ उपत्यका लगायत देसका विभिन्न भागमा इन्धन ढुवानी गर्दा लाग्ने खर्च अनुसार पहिलो वर्ग, दोस्रो र तेस्रो वर्ग गरि तिन प्रकारको भाउ निर्धारण गरेको छ । यसरी बढाईएको नयाँ मूल्य अनुसार अब पेट्रोलमा पहिलो वर्गमा १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६९ रुपैयाँ र तेस्रो वर्गमा १७० रुपैयाँ भाउ कायम भएको छ ।

यसैगरी, डिजेल र मट्टितेल पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ रुपैयाँ र तेस्रोमा १५८ रुपैयाँ भाउ कायम गरिएको निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब खाना पकाउने ग्यास प्रतिसिलिन्डर एकहजार ९१० रुपैयाँ कायम भएको छ । यसअघि प्रतिसिलिन्डर एकहजार ८९५ रुपैयाँमा कारोबार भईरहेको थियो।

प्रतिकृया दिनुहोस्