×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाल भारतविरुद्ध ब्याटिङ गर्दै, दुवै टोलीमा एक परिवर्तन

नेपाल भारतविरुद्ध  ब्याटिङ गर्दै, दुवै टोलीमा एक परिवर्तन

काठमाडौं - नेपालले एसिया कपमा भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।
भारतले टोलीमा एक परिवर्तन गरेको छ । जस्प्रित बुमराहको स्थानमा मोहम्मद शामीलाई मौका दिएको छ ।नेपालले एक परिवर्तन गरेको छ । भीम सार्की टोलीमा फर्किदा आरिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले अन्य परिवर्तन भने गरेको छैन ।

नेपालले ब्याटिङमा भीम सार्कीलाई मौका दिएको हो । भीमले तेस्रो नम्बरमा खेल्ने सम्भावना छ । भीमले तेस्रो नम्बरमा खेल्दा रोहित चौथो नम्बरमा फर्किनेछन् । पाकिस्तानविरुद्ध रोहितले तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।

प्रतिकृया दिनुहोस्