×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितवनमा डेंगी संक्रणबाट युवतीको मृत्यु

चितवनमा डेंगी संक्रणबाट युवतीको मृत्यु

चितवन- चितवनमा डेंगी संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारत युवतीको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित बर्दघाट नगरपालिकाकी २९ बर्षिया युवतीको असोज २८ गते मृत्यु भएको हो ।

उनी डेंगी संक्रमण भएपछि असोज २४ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी थिईन् । चितवनमा हालसम्म तीन जनाको डेंगीका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिईन् । चितवनमा पछिल्लो २४ घण्टामा १ सय ६२ जनाका डेंगी संक्रमण भएको छ । हालसम्म चितवनमा १ हजार ६२१ जनामा डेंगी संक्रमण भएको छ । 

प्रतिकृया दिनुहोस्