काठमाडाैँ- भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ कौशलटारमा ट्रयाक्टरबाट खस्दा एक किशोरको मृत्यु भएको छ । उदयपुरको गाईघाटका १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
बालुवा र सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्रयाक्टरबाट उनी शुक्रबार राति अन्दाजी ९ः२० बजे खसेका थिए । खस्दा गम्भीर घाइते भएका उनको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा बाटैमा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
उनी सवार ट्रयाक्टर काठमाडौंबाट भक्तपुरतर्फ जाँदै थियो । घटनापछि ट्रयाक्टर चालक झापा कन्काई नगरपालिका-५ का २७ वर्षीय रोशन गुरुङ भने प्रहरीले पक्राउ गरेको छ ।