×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुपर हेवा पावर कम्पनी आइपिओ जारी गर्दै

सुपर हेवा पावर कम्पनी आइपिओ जारी गर्दै

काठमाडौँ- सुपर हेवा पावर कम्पनी लिमिटेडले आइपिओ जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अङ्कित दरमा ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ३६० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले आइपिओ जारी गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडका अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन्।

सुपर हेवा पावर कम्पनीको सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ।

प्रतिकृया दिनुहोस्