×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. असार १०, २०७९ । ई.सं. २४ जुन २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ बछलागा । नल उत्तरायण ग्रीष्म । शुक्रबार आषाढ कृष्णपक्ष । तिथि- एकादशी, २५:१५ बजे उप्रान्त द्वादशी । नक्षत्र- अश्विनी, ११:१३ बजे उप्रान्त भरणी । योग- अतिगण्ड, ८:३२ बजे उप्रान्त सुकर्मा । करण- वव १२:५९ बजेदेखि वालव, २५:१५ बजे उप्रान्त गर । चन्द्रराशि मेष । आनन्दादि योग वज्र । दिनमान ३४।३५ । सूर्योदय ५:११ । सूर्यास्त १९:०१ । योगिनी एकादशीव्रत ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाइनेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आत्मबलमा कमी आउनेछ । मनमा चिन्ता र दुबिधा उत्पन्न हुनेछ । प्रेमीको सहयोग पाइनेछ, तर स्वास्थ्य प्रति सचेत रहनु होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ र सफल यात्रा हुनेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घर जग्गाको कारोबारले लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । राजनैतिक र कूटनैतिक कार्यमा सफलता मिल्नेछ, तर निर्णय कार्यान्वयन हुन संघर्ष गर्नु पर्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा गरेको लगानी फस्टाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । –हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिकृया दिनुहोस्