×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

झलनाथ खनालले गरे राजा महेन्द्रसँग केपी ओलीको तुलना

झलनाथ खनालले गरे राजा महेन्द्रसँग केपी ओलीको तुलना

काठमाडौं- नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका नेता झलनाथ खनालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजा महेन्द्रसँग तुलना गरेका छन् ।

आजबाट काठमाडौँमा सुरु भएको नेकपा एसको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमाले अध्यक्ष ओलीलाई राजा महेन्द्रसँग तुलना गरेका हुन् । राजा महेन्द्रमा जस्तै सोच ओलीमा पनि रहेको खनालले भनेका छन् ।


स्थानीय तहको निर्वाचन पछि नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको गबठन्धन तोडेर नेकपा एमालेसँग सहकार्य गर्नुपर्ने आवाज उठाइरहेको खनालले ओलीलाई नेकपा एसको बैठकमै राजा महेन्द्रसँग तुलना गरेका हुन् । एमालेसँग पार्टी एकतानै गर्नु पर्ने पक्षमा खनाल रहेका छन् ।


खनालले ओलीलाई राजा महेन्द्रसँग तुलना गर्दै भने, ‘त्यो संसद् नेकपाको दुई तिहाइको शक्ति थियो । यो अहिले हामीले अङ्गीकार गरेको प्रणालीमा त्यो भन्दा ठूलो शक्ति कहिल्यै आर्जन हुन सक्दैन । तर, केपी ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले । हामी जतिसुकै प्रगतिशील कानुन र एजेण्डा ल्याएर पनि पारित गर्न सक्ने सम्भावनाका नजिक थियौँ ।’

नेता खनालले ओलीमा अहंकार अहिले पनि भएकाले पाँच दलीय गठबन्धन गर्नुपरेको बताए । केपी ओलीको अंहकारका कारण दुई दुई पटक प्रतिनिधीसभा विघठन भएको भन्दै खनाले यसले कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति गराएको बताए ।

कार्की ब्याङ्क्वेट बबरमहलमा आयोजित नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले भरत मोहन अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका जनमुखी काम समेत कटौती गरिन्छ की भन्ने त्रास भएको बताए ।

 

प्रतिकृया दिनुहोस्