×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

मेक्सिको बस दुर्घटनामा हुदाँ १८ को मृत्यु

मेक्सिको बस दुर्घटनामा हुदाँ  १८ को मृत्यु

एजेन्सी- मेक्सिकोको ओक्साका राज्यमा शुक्रबार भएको बस दुर्घटनामा १८ जनाको मुत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । मृत्यु हुनेमध्ये अधिकांश आप्रवासी रहेको समेत अधिकारीले खुलाएका छन् । 

दुर्घटनामा तीन बालबालिका र दुई महिला भेनेजुएला र हाइटीका भएको ओक्साका राज्यका महान्याधिवत्ताले जानकारी दिनुभयो । दुर्घटनामा घाइते २७ जनालाई उपचारका लागि नजिकैका अस्ततालहरूमा पुर्‍याइएको छ ।  


अधिकारीहरूले सामाजिक सञ्जालमा गरेका पोष्ट तथा सीएनएनबाट प्राप्त जानकारीअनुसार पहाडी ओक्साका– कुआकनोपालन राजमार्गको घुमाउरो खण्डमा बस पल्टिएको र ठूलो क्षति भएको पुष्टि भएको छ । स्थानीय समयअनुसार बिहान पाँच बजे भएको दुर्घटनाको अनुसन्धान भइरहेको छ । 

 गत आइतबार एक बच्चासहित कम्तीमा १० जना क्युवाली आप्रवासीको मृत्यु भएपछि पछि दुर्घटना भएको हो । क्युवालीहरू यात्रा गरिरहेको ट्रक दक्षिणी मेक्सिकोमा पल्टिएको थियो । भेनेजुयला र हाइटीबाट अधिकांश आप्रवासीहरू असुरक्षा र आर्थिक सङ्कटका कारण उत्तरतर्फ यात्रा गर्ने गरेको सिएनएनले जनाएको छ ।


अमेरिका र मेक्सिकोका अधिकारीहरूले आप्रवासीहरूको आगमनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । वासिङ्गटनले मेक्सिको सिटीलाई मेक्सिको क्षेत्र पार गर्ने आप्रवासीका बारेमा थप जिम्मेवार बन्न दबाब दिइरहेको छ ।

खाद्यान्न अभाव र सीमित स्वास्थ्य सेवाका कारण भेनेजुयलाबाट मात्र ७७ लाखभन्दा बढी मानिस  विस्थापित भएको बताइएको छ । यो विस्थापनको सङ्ख्याले युद्धको सामना गरिरहेको युक्रेनबाट विस्थापित भएको जनसङ्ख्यालाई समेत पछाडि पारेको छ ।   

प्रतिकृया दिनुहोस्