×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नागरिकता विधेयकको विषयमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गर्नु उदेक लाग्दो विषय भएको कमलको टिप्पणी

नागरिकता विधेयकको विषयमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गर्नु उदेक लाग्दो विषय भएको कमलको टिप्पणी

हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन हुनु उदेक लाग्दो विषय भएको टिप्पणी गरेका छन् ।

राष्ट्रपतिविरुद्ध काठमाडौँमा नेपाली काँग्रेस निकट विद्यार्थी सङ्घले प्रदर्शन गरेपछि थापाले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरू राजनीतिक स्वार्थको गोटी बन्न नहुने टिप्पणी गरेका हुन् । 

थापाले भनेका छन् ‘प्रत्येक नेपालीले सरल ढङ्गबाट नागरिकता पाउनुपर्छ।जन्मसिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ।तर,विवाह गरेर ल्याएको भोलिपल्टै विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लाग्नुहोस् भनी केही युवाहरू सडकमा उत्रिएका देख्दा उदेक लाग्छ।युवाहरू राजनीतिक स्वार्थको गोटी बन्नु हुँदैन ’

थापाले नागरिकता विधेयकले नेपालको हित नगर्ने भन्दै विरोध गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्