×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

नयाँ जहाज किन्दै वायुसेवा निगम

नयाँ जहाज किन्दै वायुसेवा निगम

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार देखिएको छ । पछिल्लो एक वर्षमा निगमले वित्तीय सुधार गरी थप जहाज खरिदको तयारी थालेको जनाएको छ । 

संस्थाको व्यापार विस्तार तथा नगद प्रवाहमा थप सुधार ल्याउन अन्तर्राष्ट्रिय गन्तव्य विस्तारमा लागेको निगमले आन्तरिक उडानमार्फत समेत आम्दानी बढाउन नयाँ जहाज खरिदको प्रव्रिmया अघि बढाएको छ । 

निगमले अन्तर्राष्ट्रिय उडानका लागि किनेका न्यारोबडी र वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको किस्ताबापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको छ । त्यसअघि असारमा एक अर्ब ३५ करोड रुपियाँ, असोजमा ७३ करोड नौ लाख ५५ हजार रुपियाँ र पुसमा ३३ करोड नौ लाख ५५ हजार रुपियाँ भुक्तानी गरेको थियो । निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार जहाज खरिदका लागि लिएको ऋणको सावाँ र ब्याजमा मात्रै पछिल्लो एक वर्षमा करिब तीन अर्ब रुपियाँ भुक्तानी गरेको निगमले थप आम्दानी बढाएर ऋण चुक्ता गर्न प्रादेशिक रूपमा हवाई कनेक्टिभिटी बढाउने योजनासहित जहाज थप्न लागेको हो ।

प्रतिकृया दिनुहोस्