×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चन्द्रागिरि हिल्सको १४औँ वार्षिकोत्सव सम्पन्न

चन्द्रागिरि हिल्सको १४औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं - चन्द्रागिरि हिल्स लिमिटेडले १४ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीको व्यवस्थापक समूहले अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं संचालक समितिका सदस्यहरुको मुख्य आतिथ्यतामा एक दिने कार्यक्रम सम्पन्न गरिएको छ ।

 समारोहमा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधाहरू मध्येबाट उत्कृष्ट हुने विजेता तथा उप विजेताहरूलाई कम्पनीका अध्यक्षले प्रमाणपत्र तथा ट्रफी वितरण गरि हौसला प्रदान गरेका थिए ।

 त्यसैगरि सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका, यस वर्षको अवधि भरीमा सबै भन्दा राम्रो उत्कृष्ट कार्य गरि उदाहरणीय बन्न सफल भएका ४ जान कर्मचारीहरुलाई  प्रमाणपत्र, चाँदीको लकेट ,एक रातको लागि परिवार सहित निशुल्क  रिसोर्ट बस्ने भौचर कुपन समेत प्रदान गरिएको थियो ।
 
यस्तै कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुई जना कर्मचारीहरुलाई तोकिएको आफ्नो जिम्मेवारी अनुसारको काम गर्न सफल भएकामा प्रमाणपत्र तथा घरमा प्रयोग हुने खालको उपहार दिई अध्यक्षबाट सम्मान गरिएको थियो ।  
कार्यक्रमको अन्त्यमा विभिन्न किसिमको सास्कृतिक कार्यक्रम संचालन गरि मनोरञ्जन प्रदान गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस्