×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

भारतविरुद्धको ट्वान्टी–२० सिरिज वेस्ट इन्डिजलाई

भारतविरुद्धको ट्वान्टी–२० सिरिज वेस्ट इन्डिजलाई

काठमाडौं - घरेलु टोली वेस्टइन्डिजले पाँचौं तथा निर्णायक खेलमा भारतलाई हराउँदै सिरिज उपाधि जितेको छ । निर्णायक खेल ८ विकेटले जित्दै वेस्टइन्डिजले पाँच खेलको सिरिज ३-२ ले जितेको हो ।
भारतले दिएको १ सय ६६ रनको लक्ष्य वेस्टइन्डिजले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा ओपनर ब्रेन्डन किंगले ५५ बलमा ५ चौका र ६ छक्कासहित अविजित ८५ रनको अर्धशतकीय ईनिङ खेले ।
निकोलस पुरन ३५ बलमा १ चौका र ४ छक्कासहित ४७ रनमा आउट भए । शाई होप १३ बलमा १ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङको गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

भारतका सूर्यकुमार यादवले ४५ बलमा ४ चौका र ३ छक्कासहित ६१ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।

तिलक बर्माले १८ बलमा ३ चौका र २ छक्कासहित २७ रनमा आउट भए । अन्य कुनैपनि भारतीय ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

वेस्टइन्डिजको जितमा रोमारियो शेफर्डले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । स्पिनर अकिल हुसैन तथा जेसन होल्डरले समान २/२ विकेट लिए ।

 

प्रतिकृया दिनुहोस्