×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावी तयारीबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक शुरू

चुनावी तयारीबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक शुरू

काठमाडौं- नेकपा एमालेकाे स्थायी कमिटी बैठक शुरू भएको छ । मुख्यत: मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी, विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज र भोलि बस्ने स्थायी कमिटी बैठकले चुनावी रणनीति बनाउने नेताहरूले बताएका छन् । स्थायी कमिटीलगत्तै भदौ ९ गते पोलिटब्युरो तथा १० र ११ गते केन्द्रीय समिति बैठक बस्दैछ ।

बैठकको शुरुमा अध्यक्ष केपी शर्मा ओलीले चुनावमा एमालेको रणनीतिबारे मन्तव्य राख्ने एक नेताले बताए । राप्रपालगायत केही दलसँग चुनावी तालमेलको विषयमा छलफल हुने नेताहरूले बताएका छन् । 

प्रतिकृया दिनुहोस्