×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपत्यकाबाट स्वतन्त्र पार्टीको उदय, काठमाडौं ८ बाट बिराजभक्त निर्वाचित

उपत्यकाबाट स्वतन्त्र पार्टीको उदय, काठमाडौं ८ बाट बिराजभक्त निर्वाचित

 काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ८बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले १० हजार १०५ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएका छन् ।

विजयी श्रेष्ठ यसअघि विवेकशील साझा पार्टीबाट बाग्मतीमा प्रदेश सभा सदस्य थिए । त्यसैगरी काठमाडौं ८ को प्रदेशसभाको ‘ख’ तर्फ राप्रपाका उद्धब थापा विजयी भएका छन् । उनले ३ हजार ३४९ मत पाएका भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ४ हजार ८७७ मत पाएका छन् । कांग्रेसका उम्मेदवारले १ हजार ८३७ मत मात्रै पाए ।

प्रतिकृया दिनुहोस्