काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले संसद्बाट अपार विश्वास पाएको बताएका छन् । विश्वासको मत पाइसकेपछि संसद्बाहिर सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले आफूले विश्वासको मतलाई तलमाथि हुन नदिने बताए ।
‘निकै गौरव महसुस भएको छ । जिम्मेवारी थप भएको छ । प्रतिबद्धता अनुसार काम गर्छु,’ उनले भने । साथै उनले काँग्रेससँग कुनै विशेष सहमति नभएको पनि बताएका छन् ।