×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सिनेमा

‘प्रसाद २’ शुक्रबार रिलिज नहुने

‘प्रसाद २’ शुक्रबार रिलिज नहुने

काठमाडौं- फिल्म ‘प्रसाद २’आगामी शुक्रबार रिलिज नहुने भएको छ। उच्च अदालत पाटनले केशव पाण्डेका पक्षमा आदेश गरेसँगै फिल्मको रिलिज रोकिएको हो। 

चलचित्र विकास बोर्डलगायतलाई विपक्षी बनाइ हालिएको मुद्दाका पक्षमा उच्च अदालत पाटनले आगामी आइतबार छलफलका लागि बोलाएको छ। त्यसअघि फिल्म रिलिज नगर्न अन्तरिम आदेश जारी भएको छ। 

यससँगै चैत २४ गतेकै मिति तोकिएको उक्त फिल्मको रिलिज अनिश्चित भएको छ। पाण्डेले गरेको माग बमोजिमको फैसला हुनु नपर्ने कारण र प्रमाणसहित १५ दिनभित्र अदालतमा लिखित जवाफ पेश गर्ने चलचित्र विकास बोर्डलाई अदालतले निर्देशन दिएको छ। 

 

‘प्रसाद २’ का निर्माता बनाउने भन्दै सुवास थापाले पाण्डेसँग पैसा लिएका थिए। पछि निर्माणबाट पाण्डेलाई हटाएर दिइएको रकम बराबरको चेक फिर्ता गरिएको थियो। तर, उक्त चेक बाउन्स भएको थियो। थापाविरुद्ध प्रहरीमा चेक बाउन्स मुद्दा छ। पक्राउ पुर्जी जारी गरिएको छ। तर, निर्माता थापा फरार छन्। 

प्रतिकृया दिनुहोस्