×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विश्व कप छनोट : अन्तिम खेल नेपालले आज टेष्टटोली आयरल्यान्डसँग खेल्दै

विश्व कप छनोट : अन्तिम खेल नेपालले आज टेष्टटोली आयरल्यान्डसँग खेल्दै

काठमाडौं- जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि नेपाल र आयरल्यान्डबीच आज मंगलबार खेल हुदैछ । 

नेपाल र आयरल्यान्डबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा हुदैछ । दुई टोलीबिचको खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ ।

नेपालले आयरल्यान्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो अवसर हो । आयरल्यान्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक हो ।

नेपालले सातौं स्थानको लागि भएको दोस्रो सेमिफाइनल खेलमा आईतबार युएईलाई हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो ।

सातौं स्थानको लागि नेपालले आयरल्यान्डसँग खेल्नेछन् ।नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई हराएको थियो । जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्ड्ससँग पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।

उता, आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितससहित चौथो स्थानमा रहेर समूह बी बाट सुपर सिक्स पुग्न सकेको थिएन । आयरल्यान्ड समूह चरणमा ओमान, स्कटल्यान्ड र श्रीलंकासँग पराजित भएको थियो । 

युएईलाई भने हराएको थियो । आयरल्यान्डले प्लेअफ खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । 

नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र प्रतिश जि.सी

प्रतिकृया दिनुहोस्