×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वाराही हाइड्रोपावरको आइपिओ बिक्री खुला

वाराही हाइड्रोपावरको आइपिओ बिक्री खुला

काठमाडौँ- वाराही हाइड्रोपावरले ४ कात्तिकदेखि बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपिओ बिक्री खुला गरिरहेको छ ।

यो छिटोमा १८ कात्तिकसम्म खुला रहनेछ । उक्त समयमा सबै बिक्री नभएमा भने ढिलोमा ४ मङ्सिरसम्म आवेदन दिन पाइनेछ। कम्पनीले स्थानीय बासिन्दालाई एकसय रुपैयाँ अङ्कित मूल्यमा दुई लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । 

यसले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ अर्थात् साबिकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालिकाका अन्य वडाहरूका स्थानीय बासिन्दाहरूको लागि आइपिओ जारी गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले वाराहीको आइपीओलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

यो आइपीओमा एनआइबील एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले एनएमबि बैङ्क र ग्लोबल आइएमई बैङ्कको कुस्मीसेरा शाखा, कुमारी बैङ्कको राहाले शाखा र गरिमा विकास बैङ्कको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्