×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दशैँका लागि नयाँ नोट सटही आजदेखि

दशैँका लागि नयाँ नोट सटही आजदेखि

काठमाडौं- नेपाल राष्ट्र बैंकले दसैं,तिहार,छठ लगायत चाडपर्वलाई लक्षित गर्दै आजदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ ।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौं उपत्यकाभित्र केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।

त्यसैगरी उपत्यकाबाहिर राष्ट्र बैंकले तोकेका बैंकहरुका प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको हो ।

१८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एकरएक बन्डल हो । राष्ट्र बैंकका अनुसार सर्वसाधारणले असोज २९, ३० तथा कात्तिक १, २ र ३ गतेसम्म नयाँ नोट साट्न पाउनेछन् ।

प्रतिकृया दिनुहोस्