बुधबार सुनको मूल्य स्थीर रहँदा चाँदीको भने घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । एक कारोबार दिन अगाडि पनि छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजबी सुन पनि तोलाको ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सुनको मूल्यस्थीर रहँदा चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।