×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाली क्रिकेट टिमले अस्ट्रेलियामा टि ट्वान्टी सिरिज खेल्ने

नेपाली क्रिकेट टिमले अस्ट्रेलियामा टि ट्वान्टी सिरिज खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अगस्टमा अस्ट्रेलियामा क्रिकेट सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार विज्ञप्ति जारी गर्दै अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलिया भ्रमण गर्ने बताएको छ । क्यानका अनुसार नेपाली टोलीले अस्ट्रेलियामा रहँदा टप इण्ड टि ट्वान्टी सिरिज खेल्नेछ छ ।

नेपाली टोलीले अस्ट्रेलियामा टि ट्वान्टी विश्वकप २०२६ को एसिया छनोटको तयारी गर्नेछ । विश्वकपको एसिया छनोट १ देखि १७ अक्टोबरसम्म ओमानमा हुँदैछ । सिरिजमा नेपालले कम्तिमा ६ खेल खेल्ने क्यानले जनाएको छ ।

अस्ट्रेलिया भ्रमणको क्रममा टोलीले डार्विनमा रहेको डिएक्ससि एरिना, टिआइओ स्टेडियम तथा काज्लिस् एरिनामा सिरिजका खेल खेल्नेछ ।

गत वर्षको यस सिरिजमा पाकिस्तान तथा बंगलादेशको ए टिम तथा बिग बास लिग (बिबिएल) का विभिन्न टोलीहरुको सहभागीता रहने थियाे । सिरिजको खेल तालिका अर्को हप्ता घोषणा हुने क्यानले बताएको छ ।

प्रतिकृया दिनुहोस्