×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पहिरोमा पुरिएर दाजु-भाइको मृत्यु

पहिरोमा पुरिएर दाजु-भाइको मृत्यु

काठमाडाैँ- रोल्पाको परिवर्तन गाउँपालिकामा सडकमाथिबाट खसेको पहिरोमा पुरिँदा दुई बालकको मृत्यु भएको छ।
बाटोमा खेलिरहेको बेला खसेको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाउको छ।

परिवर्तन गाउँपालिका-५ दाउन्नेभिरका प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका दाजु भाइलाई पुरेको थियो। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रतिकृया दिनुहोस्