×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विराटनगरको मेयरमा कांग्रेसले बढायो अग्रता, उपमेयरमा एमाले २१ सय मतले अघि

विराटनगरको मेयरमा कांग्रेसले बढायो अग्रता, उपमेयरमा एमाले २१ सय मतले अघि

विराटनगर- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रतालाई कायम राखेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका नागेश कोइरालाले ७१२५ मत ल्याउँदा नेकपा एमालेका सागर थापाले ५४०६ मत प्राप्त गरेका छन् ।  कोइरालासँग थापाको मतान्तर बढेर १७१९ पुगेको छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवको लालटिनले २४६१मत प्राप्त गरेका छन् । उपमेयर पदको लागि नेकपा एमालेको शिल्पा कार्कीले ६१७७ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ४०७७ मत प्राप्त गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार गठबन्धनका उपमेयरका उम्मेदवार यादवभन्दा एमालेकी कार्कीले २१०० मतले अग्रता लिएकी छिन् । राप्रपाकी विन्दाकुमारी लुइँटेलले १४८६मत प्राप्त गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्