×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालन

नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालन

 काठमाडौँ - अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध भएको नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ ।
त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको थियो । पहिरो पन्छाएर अहिले सडक सञ्चालनमा ल्याइएको छ ।
सडक अवरुद्ध हुँदा राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको थियो । धादिङकै गल्छीमा भने अहिले पनि सडक एकतर्फी मात्रै खुलेको छ ।
सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।

प्रतिकृया दिनुहोस्