काठमाडाैँ । पछिल्लो तथ्याकं अनुसार बिभिन्न उदेश्यले स्थापना भएका करिब ६८ वटा लघुवित्तहरुले देशका ७७ वटै जिल्लामा ४६८५ शाखा स्थापना गरि करीब ५१ लाख ९५ हजार जना ग्राहक सदस्यहरु, करिब ३० लाख जना ऋणी सदस्यहरुलाई रू. २ खर्व ७ अर्व ३४ करोड ९० लाख कर्जा दिई व्यबसाय गर्न पे्ररित गरिरहेका छन् । २० हजार आठ सय ७२ जनाले लघुवित्तमा प्रत्यक्ष रोजगारी पाईरहेको पछिल्लो तथ्यांकले देखाउँछ । यिनै लघुवित्तमार्फत धितो र बिनाधितोमा कर्जा लिई व्यबसाय गरि सफल बनेका महिला उद्यमीहरु प्रशस्तै भेटिन्छन् । तिनै सफल महिला उद्यमी मध्येकी एक हुन् संगिता परियार । मोरङको कटहरीमा केन्द्रिय कार्यालय रहेको जिवन विकास लघुवित्तवाट ऋण लिएर उद्यमी बनेकी उनै संगितासगँ जिवन विकास लघुवित्तको सहकार्यमा माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालले तयार पारेको संगिताको सफलताको कथा जस्ताको तस्तै ।
मेरो नाम संगिता परियार हो । म अहिले स्टाफ नर्सको अन्तिम वर्षमा अध्ययनरत छु । मलाई याद छ, आज भन्दा आठ वर्ष पहिले जब मेरो बिवाह भएको थियो मेरो श्रीमान एउटा मोबाईल मर्मत केन्द्रमा काम गर्नु हुन्थ्यो । मासिक ३००० तलबले हामी २ जनाको परिवार चलाउनु पर्ने बाध्यता थियो । मलाई एकदमै पढ्ने रहर थियो तर मेरो इच्छालाई हाम्रो गरिवीले पुरा हुन दिने संभावना समेत कतै देखिदैनथ्यो ।
हाम्रो दैनिक जीवनयापन गर्न एकदमै कष्टकर थियो महंगो कोठा भाडा र दैनिक हातमुख जोड्नका लागी हामीले गरेको परिश्रमले भ्याउदैनथ्यो । श्रीमानसंग भएको सिपलाई आफ्नै पसल खोलेर सदुपयोग गर्नसके प्रगती गर्न सकिन्छ भन्ने सोच मेरो दिमागमा नआएको पनि होईन । तर पसल खोल्न हामीसंग पुंजीको चरम अभाव थियो । वहालमा बस्ने र धितोको नाममा एकधुर पनि माटो नभएका हामीलाई कसले पो ऋण पत्याउंथ्यो र ।
तिमी आँट गर म पुर्याउँछु भनेझैं मेरो सादा सपनामा रंग भर्न जीवन विकास लघुवत्ति आयो । जीवन विकास बेलबारीद्धारा हाम्रो गाँउमा समुह प्रवेस तालिम हुँदै गरेको मैले थाहा पांए । बिना धितोमा ऋण लगानी गर्ने र अन्य थुप्रै वचत र वीमाको कुरा मलाई एकदमै राम्रो लाग्यो । म संस्थाको केन्द्र नं. ४३ सिसौली जीवन विकास केन्द्रमा आबद्ध भए । श्रीमानसंग सल्लाह गरी मैले मोबाईल मर्मत पसलको लागी पहिलो पटक साधारण ऋण रु.१५००० लिए र आफ्नै पसल खोल्ने मेरो सपना साकार गरे ।
रु.१५००० मा मोबाईल तथा टि.भि.को पार्ट्स खरिद गरी मैले मेरो व्यवसाय शुभारम्भ गरे । मेरो श्रीमानको कडा परिश्रम र संस्थाबाट पाएको पुंजीले मैले आफ्नो व्यवसायलाई अगाडी बढाउदै गए । पसलबाट राम्रो आम्दानी हुन थालेको थियो । हाम्रा आबश्यकताहरु पुरा गर्न हामी सक्षम हुँदै थियौ । बिराटनगरमा रहेको बिराट हेल्थ कलेजमा स्टाफ नर्सको प्रवेश परिक्षा हुँदैछ भन्ने थाहा पाएपछी मेरो पढ्ने इच्छा पुनः जिवित भयो । यसबारे मैले मेरो श्रीमानलाई सुनाए, उँहाले मलाई एकदमै सहयोग गर्नुभयो र भागयले पनि साथ दियो ।
मैले छत्रवृती कोटामा नाम निकाले र अध्ययन शुरु गरें । श्रीमानले व्यवसायलाई राम्रोसंग संचालन गरिराख्नु भएको थियो । दशैंमा पुंजी थप गर्न हामीले संस्थाबाट पुनः रु.३५००० कर्जा लियौं । अब हाम्रो सबै खर्च कटाएर मासिक कारीब १० हजार बचत पनि हुन थालेको थियो । श्रीमानले म संग अब जग्गा किन्नु पर्छ भन्नुहुन्थ्यो । बेलबारिको जग्गा एकदमै महंगो भएकोले मैले वहाँको कुरालाई खासै गम्भिर भएर लिएको थिइन ।
तर जग्गा खरिद गर्ने विषयमा वहाँ गम्भिर भइसक्नु भएको रहेछ । २ वर्षमा लगभाग २२ लाख जती बचत गरेको र त्यसमा केहि थपथाप गर्दा जग्गा किन्न सकिने कुरा वहाँले बाटएपछी म पनि मन्जुर भएं र संस्थाबाट ऋण लिएर ७ धुर जग्गा खरिद गर्यौ । पसलबाट राम्रो आम्दानी भएकोले किस्ता तिर्न हामिलाई कहिले पनि समस्या भएन ।
ऋण लिएर सही सदुपयोग गरेकोले पनि हामीलाई ऋण्देखी कहिल्यै डर लागेन । संस्थाले जग्गा धितो राखेर स्वदेशिक स्वरोजगार ऋण दिने थाहा पाएपछी मेरो श्रीमानले पसललाई अझ व्यवस्थित र ठुलो पार्न ४ लाख ऋण लिउं भन्नुभयो । ४ लाखको किस्ता तिर्न सकिने हो कि हैन भन्ने डरले मेरो आँट पुगेन तर श्रीमानले तिर्न सक्छु भने पछी मैले ऋण निकाल्न मन्जुरी दिएं । क्ब्ःक्ग्ल्न् मोबाईलको डिलरसिपको लागी हामीले जीवन विकासबाट रु.३ लाख स्वदेशिक स्वरोजगार ऋण लियौ ।
राम्रो पुंजी लगाएपछी पसल पनि ठुलो देखियो । सामानले पसल भरिएपछी ग्राहक पनि बढ्न थाले । ग्राहक बढ्न थालेपछी श्रीमान एकजनालाई पसल चलाउन अप्ठ्यारो भयो र हामीले एकजना कर्मचारी राख्यौ । पसलबाट महिनामा ३०÷४० हजार आम्दानी हुने भएकोले किस्ता तिर्न कुनै समस्या भएन । पहिले अर्काको पसलमा काम गर्ने मेरो श्रीमानले आज एक बेरोजगारलाई रोजगारी दिन सफल हुनुभएकोमा म धेरै खुशी छु ।
संस्थाबाट आवास कर्जा लिएर पसलबाट गरेको बचत समेत गरी लगभग ४ लाखमा हामीले आफ्नै घर निर्माण गर्यौ । अब डेरा खोज्ने र घरी घरी सर्नु पर्ने नि सकियो । हामी अब आफ्नै घरमा बस्ने भयौ । जीवन विकासको अपार सहयोग , हाम्रो मेहनत र इमान्दारिताले मैले नदेखेको पनि सपना आज साकार भएको छ । म संग मेरो आफ्नो घर छ, श्रीमानको ठुलो पसल तथा राम्रो आम्दानिले हामी असाध्यै खुशी छौं ।
समाज्ले हामीलाई हेर्ने दृश्टिकोणमा समेत परिवर्तन आएको छ । सायद जीवन विकास नभएको भए मेरो सपना कहिल्यै पुरा हुने थिएन होला । आज हाम्रो लाखौको कारोबार छ तर मैले पाएको पहिलो ऋण जसले मेरो जीवनलाई वास्तविक जीवन बनायो , त्यो १५ हजारलाई म कहिले बिर्सन सक्दिन । अब एउटा सफल नर्स भएर गरिव बिरामिको सेवा गर्ने सपना छ, त्यसलाई पुरा गर्ने आत्मविश्वासका साथ मेरो अध्ययनलाई अगाडी बढाइ रहेकी छु । आशा छ मेरो यो सपना पनि पुरा गर्न सफल हुनेछु ।