×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लेउती खोलाले धरान-धनकुटा सडकखण्ड बगायो, यात्रु अलपत्र

लेउती खोलाले धरान-धनकुटा सडकखण्ड बगायो, यात्रु अलपत्र

धनकुटा - शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत पर्ने धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ।


लेउती खोलाले सडकको एक खण्ड बगाएपछि तराई–मधेसबाट धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम लगायतका पहाडी जिल्लाहरूमा जाने यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो।


प्राप्त जानकारीअनुसार, धरान–धनकुटा सडकखण्डको फेदीमा रहेको लेउती खोलाले करिब ५० मिटर सडक बगाएको छ।


शुक्रबार रातिदेखि नै यातायात अवरुद्ध हुँदा सयौँ यात्रुहरू अलपत्र परेका छन्। बाढीका कारण हालसम्म मानवीय क्षति भने नभएको बताइएको छ।


पूर्वी नेपालका विभिन्न स्थानमा शुक्रबार मुसलधारे वर्षा भएको थियो। वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्