×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

साताको पहिलो दिन नेप्सेमा २९ अंकको गिरावट, १ अर्बमाथिको कारोबार

साताको पहिलो दिन नेप्सेमा २९ अंकको गिरावट, १ अर्बमाथिको कारोबार

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार(आज) सेयर बजार परिसूचक २९.८१ अंकले घटेको छ । बजार १९६०.७८ विन्दुमा झरेको छ । आज १.४९ प्रतिशतले बजार ओरालो लागेको हो ।
 
आज सबै उपसूचक राताम्य देखिए । त्यसमा पनि होटेल एण्ड टुरिजमका लगानीकर्ताले सर्वाधिक (३.०३ प्रतिशत) गुमाएका छन् । आज २७६ धितो पत्रको ३७ हजार ४१ वटा कारोबारबाट ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको छ । यसबाट १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको छ ।
 
आज थ्री स्टार हाइड्रोको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । यसको मूल्य १० प्रतिशतले वृद्धि भएर २५४.१० पुगेको छ । सिक्लेस हाइड्रो, प्राइम डिभेञ्चर, बुद्धभूमि नेपाल हाइड्रोसहितका धितो पत्रको मूल्य समेत बढेको छ ।
 
लिब्रेटी इनर्जी, सिटी होटेलको नकारात्मक सर्किट लेबलमा कारोबार भयो । ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रो, सामलिङ पावर हाइड्रोसहितका धितो पत्रको भने मूल्य धेरैले घटेको छ ।
 

प्रतिकृया दिनुहोस्