×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जवाफी पत्रपछि एमसीसी उपाध्यक्ष सुमारको टोली आज नेपाल आउँदै

जवाफी पत्रपछि एमसीसी उपाध्यक्ष सुमारको टोली आज नेपाल आउँदै

काठमाडौं - मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा आज काठमाडौं आउँदैछन् ।
फतेमाको टोली  नेपालको चारदिने भ्रमणका लागि आज विहान ९ बजे कतार एयरको विमानबाट काठमाडौं ओर्लदैछ । 
सुमारले हस्ताक्षर गरेको जवाफी पत्र सार्वजनिक भएको भोलिपल्ट उनी एमसीसीबारे छलफल गर्न आउन लागेकी हुन् । नेपाल सरकारले हालै सो परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर जवाफ दिएकी छन् । उनले मन्त्री शर्मालाई पत्र लेख्दै एमसीसीभित्र कुनै लुकेको एजेन्डा नभएको स्पष्ट गर्दै यसबारेमा नेपालमा गलत हल्ला मात्र फैलाइएको बताएकी छन् । (एमसीसी) ले यस आयोजनामा कुनै सैन्य गठबन्धनको कुरा नरहेको स्पष्ट गरेको छ ।   

प्रतिकृया दिनुहोस्