एजेन्सी - सन् २०२४ ले विदाई हुदै गर्दा विश्व समुदायलाई गहिरो घाउ दिएर गएको छ । घाउ पनि यति गहिरो छ, जुन कहिले भरिने छैन । वास्तवमा पछिल्लो २४ घण्टामा विश्वका तीन भिन्न देशमा तीन ठूला विमान दुर्घटना भएका छन् । यीमध्ये पहिलो ठूलो दुर्घटना आज बिहान दक्षिण कोरियामा भयो । त्यहाँको मुआन इन्टरनेशनल एयरपोर्टमा १८१ जना यात्रु सवार जेजू एयरो विमान दुर्घटनाग्रस्त भयो, जसमा आगो लाग्नाले १७९ जना यात्रुको दुखद निधन भयो ।
दोस्रो दुर्घटनामा क्यानडामा भयो । क्यानडाको हेलिफ्याक्स एयरपोर्टमा भयो, जहाँ एयर क्यानडो एउटा विमान एयरपोर्टमा खतरनाक ल्यान्डिङ भयो, जसमा विमान रनवेबाट चिप्लियो । त्यसक्रममा उक्त विमानको ल्यान्डिङ गियर भाँचियो । जसका कारण त्यसमा आगो लाग्न पुग्यो । यो घटना त्यो बेला भएको थियो, जब विमानको ल्याण्डिङ गियरमा समस्या आयो र त्यसको विङ्स रनवेसंग ठोक्किन पुग्यो । यसका कारण त्यसमा आगो लाग्न पुग्यो ।
सबैभन्दा पहिलो विमान दुर्घटना निकै दर्दनाक सावित भयो । दक्षिण कोरियो एयरपोर्टमा भएको उक्त दुर्घटनामा आइतवार बिहान भएको हो । दक्षिण कोरियाको मुआन इन्टरनेशनल एयरपोर्टमा १ सय ८१ जना यात्रुहरुलाई लिएर गैरहेको जेजू एयरो विमान दुर्घटनामा पर्यो । उक्त विमान दुर्घटनामा १७९ जना यात्रुको निधन भएको भने दुई जना याुत्रहरुलाई चाइएको छ । यो दक्षिण कोरियाकै इतिहासमा सबैभन्दा घातक विमान दुर्घटनामध्ये एक बनेको छ ।
१५ वर्ष पुरानो विमान बोइङ जेट थाईल्याण्डो बैंककबाट दक्षिण कोरियो आएको थियो । उक्त विमान रनवेमा उत्रियो, तर विमानको ल्यान्डिङ गियरमा समया आएका कारण त्यो बन्द थियो । एयरपोर्टमा स्थानिय समय अनुसार बिहान ९ः०७ बजे अवतरणको प्रयास गर्ने क्रममा विमान कंक्रीटको पर्खालमा ठोक्कियो । अधिकारीहरुको अनुमान के छ भने विमानको ल्यान्डिङ गियरमा देखिएको समस्या सम्भवतः चराको ठक्करका कारण आएको हुनुपर्छ । विमान पर्खालमा ठोक्किएपछि त्यसमा आगो लाग्न थालेको थियो भने त्यो आो विमानका अन्य भागमा फैलिएको थियो ।
दक्षिण कोरियाको राष्ट्रिय अग्निशमन एजेन्सीका अनुसार दुर्घटनामा १७९ जना मानिस मारिएका छन् । तीमध्ये ८३ जना महिला तथा ८२ जना पुरुषहरुको पहिचान भएको छ, बाँकीको सनाखत हुन सकेको छैन । आपतकालीन कर्मचारीहरुले दुई जना यात्रुहरुलाई जीवितै उद्धार गर्न सफल भएका छन् ।
क्यानडामा भयो दोस्रो दुर्घटना
आज दोस्रो विमान दुर्घटना क्यानडामा भयो । एयर क्यानडाको एउटा फ्लाइट हेलिफ्याक्स एयरपोर्टमा खतरनाक तरिकाले ल्याण्ड भयो । अवतरणको क्रममा विमान रनवेबाट चिप्लियो । विमानो ल्यान्डिङ गियर भाँचियो । भाँचिएको ल्यान्डिङ गियरसहित अवतरण गर्ने क्रममा त्यसमा आो लाग्न थाल्यो । यद्यपि, यो घटनामा कोही पनि हताहत नभएको खबर छ । यो घटना तब भयो, जब विमानो ल्यान्डिङ गियरमा समस्या आयो, जसबाट विमानो पखेटा रनवेमा ठोक्कियो र आगो लाग्न थाल्यो । आपतकालिन दलले तत्काल घटनास्थलमा पुगेर आगो निभाए र विमानमा सवार सबै यात्रुहरु तथा चालक दलको सुरक्षा सुनिश्चित गरे ।
विमानमा यात्रा गरिरहेका एक यात्रीले सीबीसी न्यूजलाई बताए अनुसार विमानो एउटा टायर अवतरणको क्रममा राम्ररी खुलेको थिएन । उनका अनुसार विमान बायाँतर्फ करिव २० डिग्रीको एंगलमा झुक्न थाल्यो। त्यहि बेला यात्रुहरुले एउटा ठूलो आवाज सुने, जुन करिव एउटा दुर्घटना
झैं थियो । विमानको पखेटा फुटपाथमा ठोक्किन थाल्यो । मलाई लाग्छ विमानको इन्जिनसमेत रन वेमा घस्रिन थालेको थियो । उक्त घटनापछि हेलिफ्याक्स एयरपोर्ट अस्थायी रुपमा बन्द गरिएको थियो ।
नर्वेको ओस्लोमा तेस्रो दुर्घटना
आइतवार नै तेस्रो विमान दुर्घटना नर्वेमा भयो । केएलएमको विमान स्थानीय समय अनुसार साँझ ७ः१४ बे टार्प सेन्डफजर्ड एयरपोर्टमा अवतरण गर्यो, भाग्यको कुरा हो विमानमा सवार सबै १८२ जना यात्रु सुरक्षित छन्, जसमा चालक दलका सदस्यहरु पनि समावेश छन् । विमानले साँझ ६ः५५ बजे ओस्लोबाट उडान थालेको थियो, तर यात्रुहरु तथा चालक दलले उडान भर्ने बित्तिकै तिब्र आवाज सुनिएको सूचना दिएका थिए । केएलएमले एउटा वयानमा के भनेको छ भने एउटा ठूलो आवाजका कारण पाइलटहरुले सुरक्षाका लागि टार्पतर्फ मोडिनु पर्यो । स्थानीय मीडियाका अनुसार पाइलटहरुले बाया इन्जिनबाट धुवाँ आइरहेको देखेका थिए । त्यसपछि विमनलाई ल्याण्ड गराइयो । यद्यपि, विमान रनवेमा नियन्त्रण हुन सकेन र रनवोट चिप्लिएर घाँसमा गएर रोकिएको थियो ।