काठमाडौँ- पूर्वमिस नेपाल तथा मोडल इशानी श्रेष्ठले इङ्गेजमेन्ट गरेकी छन् । उनले व्यापारी तरुण प्रताप शाहसँग सोमबार सोल्टीमोडस्थित न्यू हायात होटेलमा इङ्गेजमेन्ट गरेकी हुन् ।
परिवार निकट सदस्यको उपस्थितिमा इशानी र तरुणको टीका टालो सम्पन्न भयो । यी दुईको विवाह भने आगामी पुस ६ गते हुँदैछ । सन् २०१३ मा मिस नेपालको उपाधि विजेता इशानीले सोही वर्ष ‘मिस वर्ल्ड’ मा पनि सहभागी भएकी थिइन् ।