×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म्याग्दीको गुर्जामा सबै पदमा निर्विरोध

म्याग्दीको गुर्जामा सबै पदमा निर्विरोध

 

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका सबै पदमा निर्विरोध जनप्रतिनिधि चयन भएका छन् । वैशाख १२ गते मनोनयन दर्ता गराएकाहरुले फिर्ता गरेपछि एकल उम्मेदवारी कायम भएर निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

निर्वाचन अधिकृत भोलाराज रेग्मीका अनुसार चारजना नेकपा माओवादी केन्द्र र एकजना स्वतन्त्र उम्मेदवार निर्विरोध भएका हुन् । वडाध्यक्ष दलित महिला सदस्य र महिला सदस्यमा क्रमशः नेकपा माओवादी केन्द्रका झकबहादुर छन्त्याल, सतमाया विक र सीता छन्त्याल निर्विरोध भएका हुन् ।

यसैगरी माओवादी केन्द्रकै चुनाव चिह्नबाट मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका वडा सभापति केआइसिङ छन्त्याल पनि निर्विरोध भएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गुनराम छन्त्याल पनि निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भवीन्द्र छन्त्याल, वडा सदस्यमा उम्मेदवारी दर्ता गरेका नेकपा माओवादी केन्द्रका अमृता छन्त्याल र स्वतन्त्र उम्मेदवार तारामान विकले मनोनयन फिर्ता गरेका हुन् ।

झक र सीता यसअघि २०७४ को स्थानीय तह चुनावमा पनि निर्वाचित भएका थिए । धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवार बनाएका छन् । गुर्जाको वडाध्यक्ष माओवादीको भागमा परेको थियो ।

प्रतिकृया दिनुहोस्