×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एन्फा विवाद सुल्झाउन राखेपद्वारा छानबिन समिति गठन

एन्फा विवाद सुल्झाउन राखेपद्वारा छानबिन समिति गठन

अखिल नेपाल फुटबल संघ ९एन्फा०का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद सुल्झाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानबिन समिति गठन गरेको हो ।

उक्त विवादको छानबिन गर्न राखेपको कार्यकारी समितिको बैठकले बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा मंगलबार सात सदस्यीय समिति गठन गरेको हो । समितिमा रेनुका नगरकोटी, सुर्वण श्रेष्ठ, चन्द्रवन्दना राई, अर्जुन विक, नारायण अर्याल र सरोज पोखरेल सदस्य छन् ।

राखेपले समितिलाई सात दिनभित्र छानबिनको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । एन्फाले मुख्य प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्षबीचको विवाद छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको थियो । मन्त्रालयले सोमबार राखेपलाई छानबिनका लागि निर्देशन दिएको थियो ।
 

प्रतिकृया दिनुहोस्