×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टिपरको ठक्करबाट अटोमा २ जनाको मृत्यु

टिपरको ठक्करबाट अटोमा २ जनाको मृत्यु

प्युठान - टिपरको ठक्करबाट प्युठानमा सोमबार दिउँसो अटोमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका – ३ घुर्चनेका ३५ वर्षीय अमृत थापा र उहाँका ४ वर्षीय छोरा सुसान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
चकचकेबाट बिजुवारतर्फ जाँदैगरेको ना.८ ख ३९०३ नम्बरको टिपरले रा. १ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवी गाउँपालिका– ५ स्थित चकचके–चेरनेटा सडकखण्डमा ठक्कर दिँदा उहाँहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जुम्रीबाट अटो रिजर्व गरेर स्वर्गद्वारीतर्फ जाँदै गरेका बेला घटना भएको थियो ।
अटोमा सवार अन्य चार जना घाइते भएका छन् । घाइतेहरुमा प्युठान नगरपालिका–३ बस्ने वर्ष ८ का दुर्गा थापा, ३० वर्षीया पुनम थापा, १६ वर्षीया विपना थापा र १० वर्षीया सुषमा थापा छन् । सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्