×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवाले मतदान गरेको वडामा कांग्रेस पराजित

देउवाले मतदान गरेको वडामा कांग्रेस पराजित

काठमाडौं- प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले मतदान गरेको वडामा नेपाली कांग्रेस पराजित भएको छ। डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा विपी कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई हराउँदै विपी कांग्रेसका नरेश भण्डारी विजयी भएका हुन्। भण्डारीले ६ सय ७३ मत ल्याउँदा देउवाले ५ सय ४४ मत पाए। पराजित भएका देउवा शिक्षकबाट राजीनामा दिँदै वडाध्यक्षमा लडेका थिए।

कांग्रेसबाट निष्कासित कर्णबहादुर मल्ल समूहले विपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ।

प्रतिकृया दिनुहोस्