×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रियंका चोपडा लाई डिम्ब फ्रिज

प्रियंका चोपडा लाई डिम्ब फ्रिज

काठमाडौं- प्रियंका चोपडा सन् २०२२ मा सरोगेसीमार्फत् आमा बनेकी थिइन् । प्रियंकाले ३० वर्षको हुँदा नै आफ्नो डिम्ब फ्रिज गराएकी थिइन् । हालैको एक पोडकास्टमा प्रियंकाले डिम्ब फ्रिज गर्ने प्रक्रिया सहज नभएको बताइन् । यसका लागि उनले महिनौँसम्म इन्जेक्सन लिनुपरेको जानकारी दिइन् ।
इन्जेक्सनका कारण हर्मोनल परिवर्तन आएको थियो

प्रियंकालाई उनकी आमाले डिम्ब फ्रिज गर्न सल्लाह दिएकी थिइन् । प्रियंकाकी आमा मधु चोपडा एक स्त्रीरोग विशेषज्ञ हुन् । ३५ वर्ष पुगेपछि महिलालाई आमा बन्न गाह्रो हुने बताउँदै मधुले छोरी प्रियंकालाई यसो गर्न सल्लाह दिएकी थिइन् । यसै कारण प्रियंकाले प्रक्रिया पूरा गरेर आफ्नो डिम्बलाई ३० वर्षको हुँदा नै फ्रिज गराएकी थिइन् ।
यद्यपि, उनको यो यात्रा सहज थिएन । प्रियंकाले भनिन्, ‘डिम्ब फ्रिज गर्ने प्रक्रिया निकै पीडादायी थियो । म त्यति बेला क्वान्टिकोको सुटिङ गरिरहेकी थिएँ । त्यति बेला मैले महिनौँसम्म इन्जेक्सन लगाउनुपरेको थियो । यसै कारण मलाई जति बेला पनि पेट फुलेको जस्तो महसुस हुन्थ्यो । इन्जेक्सन लिएका कारण शरीरमा हर्मोनल परिवर्तन पनि आएका थिए ।’

प्रतिकृया दिनुहोस्