एजेन्सी, पछिल्लो समय नेटफ्लिक्समा रिलिज भएको ‘गिन्नी वेड्स सनी’ मा देखिएकी अभिनेत्री यामी गौतम हाल चण्डीगढमा देखिएकी छन् ।
उनी आफ्नो घरमा परिवारका सदस्यसंग मिलेर समय व्यतित गर्दै छिन् । त्यस्तै उनी आफ्नो आगामी प्रोजेक्टका लागि पनि काम गर्दै छिन् । स्क्रिप्ट पढ्दै गरेकी उनले आगामी चलचित्र कुन गर्ने भन्ने योजना बनाउदै छिन् ।
लकडाउनअघि उनले चलचित्र ‘भुत पुलिस’ को छायांकन सकेकी थिइन् । चलचित्रमा उनीसंगै सिफ अलि खान, अर्जुन कपूर र ज्याक्लिन फर्नान्डिको मुख्य भूमिकामा देखिदै छन् । त्यस्तै उनी अभिशेक बच्चनसंग ‘दसवी’मा समेत देखिँदै छिन् ।