×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भक्तपुर–२ का एमाले उम्मेदवार बस्नेतको घरदैलो कार्यक्रम सुरु

भक्तपुर–२ का एमाले उम्मेदवार बस्नेतको घरदैलो कार्यक्रम सुरु

भक्तपुर- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवारले घरदैलको कार्यक्रम थालेका छन् । यस क्षेत्रमा जिल्लाको मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका गरी दुई वटा पालिका पर्दछन्, जहाँ एमलेले पूर्वमन्त्रीसमेत रहेका पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ भने प्रदेश ‘१’ किरण थापा र ‘२’ मध्यपुरमा चन्दनकृष्ण श्रेष्ठ उम्मेदार छन् ।

आज (बिहीबार) बिहान मध्यपुर थिमी नगरपालिका १ बाट एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम शुरु गरेका हुन् । उनीहरुको संयुक्त उपस्थितिमा घरदैलो कार्यक्रम सुरु गरिएको हो ।

विभिन्न प्रकारका झाँकीहरु सहित निस्किएको घरदैलो कार्यक्रममा एमाले कार्यकर्ताहरुले ‘महेश आउ, भक्तपुर समृद्ध बनाउन’, ‘महेश बस्नेत जिन्दावाद, नेकपा एमाले जिन्दावाद’, ‘महेश बस्नेत हाई, हाई अरुलाई वाई वाई’, ‘भोट फर महेश बस्नेत’, सूर्यमा भोट, अरुलाई चोट लगायतका नारा लगाएका थिए ।

कार्यक्रममा स्थानीयवासीले उम्मेदवारहरुलाई टोल टोलमा रहेका समस्या तथा गुनासोहरु व्यक्त गरेका थिए । सो क्रममा उम्मेदवारहरुले जनचाहना अनुसारका विकासका कार्यहरु पूरा गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य मदनसुन्दर श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, प्रदेश समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्