काठमाडौं- नेकपा माओवादी केन्द्रले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ ।
माओवादीका नेता देव गुरुङले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएका हुन् । माओवादीले समर्थन फिर्ता लिनुको कारण सरकार असक्षम भएको र राष्ट्रियताको मुद्दालाई सौदाबाजीको विषय बनाएको आरोप लगाएको छ ।
माओवादीको मंगलबार बसेको स्थायी कमिटी बैठकबाट गरेको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र बुझाएको हो ।
गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो ।