×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काँग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त, आजै ६ बजे सपथ

काँग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त, आजै ६ बजे सपथ

काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् । देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । देउवा आफ्नो जीवनकालको पाचौँ पटक प्रधानमन्त्री बन्न लागेका हुन् । देउवा यसअघि २०५२ सालमा, २०५८ सालमा, २०६१ सालमा,  २०७४ सालमा प्रधानमन्त्री भएका थिए ।  

प्रतिकृया दिनुहोस्